कोरोना भाइरसको लक्षण नदेखिएका संक्रमितका कारण महामारी नियन्त्रण गर्न कठिनाइ हुुन सक्ने चिन्ता प्रकट भइरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने सामान्य कोरोना बिरामीबाट संक्रमण नफैलिने स्पष्ट पारेको छ।
कोरोनाबाट संक्रमित भएका केही व्यक्तिहरु विशेषगरी वयस्क र स्वस्थ व्यक्तिबाट यो रोग सर्ने संभावना कम छ, डब्लुएचओले भनेको छ । बयस्कमा कोरोनाको लक्षण कहिल्यै पनि देखिने गर्दैन वा त केही सामान्य लक्षणमात्रै देखिने गर्दछ। कतिपयमा भने वास्तविक रुपमा संक्रमित नहुुँदासम्म लक्षण नदेखिन सक्छ।
सुुरुआती प्रकोपको आँकडाको प्रमाणहरुले संक्रमितमा कुुनै लक्षण नदेखिए पनि कोरोनाभाइरस मानिसबाट मानिसमा सर्न सक्ने संकेत गरेको थियो। तर यतिबेला डब्ल्यूएचओका अधिकारीहरुले बिनालक्षण संक्रमण फैलन सक्ने भए पनि यो नै फैलावटको मुुख्य माध्यम नभएको बताएका छन्। “हामीसँग उपलब्ध डेटाका अनुुसार कोरोनाको लक्षण नदेखिएका संक्रमितहरुले दोस्रो व्यक्तिलाई संक्रमण सार्ने घटना दुुर्लभ देखिएको छ”, डब्ल्यूएचको आपतकालीन रोग र जुुनोसिस विभागकी प्रमुुख डा मारिया भान केरकोभले भनिन्, “विश्वका सरकारहरु लक्षण देखिएका संक्रमितलाई पहिचान गर्न र आइसोलेट गर्नमा केन्द्रित हुुनुपर्दछ र यसका साथै उनीहरुको सम्पर्कमा आएकाहरुको पनि पहिचान गर्नुुपर्दछ।” तर तुरुन्त रोग सरिहाल्छ भन्ने कुरा गलत हल्ला भएको उनले बताइन् ।
अधिकांश अनुसन्धान र डेटाहरुले के कोरोनाको लक्षण नदेखिएकाहरुबाट भाइरस व्यापक रुपमा फैलन सक्छ ? भन्ने प्रश्नको सत्यतथ्य जवाफ दिनुुपर्नेमा डा केरकोभले जोड दिएकी छन्। “हामीसँग विस्तृत रुपमा कन्ट्याक्ट ट्रेसिङ गरिरहेका देशहरुको धेरै रिपोर्टहरु उपलब्ध छन्। उनीहरुले बिना लक्षणका केसहरु र सम्पर्कमा आएकाहरुलाई पनि पछ्याइरहेका छन्’, उनले भनिन्, ‘यस्तो गर्दा उनीहरुले दोस्रो व्यक्तिमा संक्रमणको फैलावट पाइरहेका छैनन्। यो एकदमै दुुर्लभ छ।” सामान्य लक्षण देखिएका ब्यक्तिबाट यो रोग सर्नेमा कुनै सत्यता नभएको उनले बताइन् । एजेन्सी




















प्रतिक्रिया