Logo

स्वास्थ्य

थप ११५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि 



नेपालमा पछिल्लो २४ घण्टामा ११५४थप जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाएका छन् ।

त्यस्तै सोमबार थप १००५ जना कोरोना भाइरस संक्रमित उपचार पश्चात घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४७२३८ पुगेको स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२७ पुगेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार १६:१२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।