पछिल्लो २४ घन्टामा नेपालमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको कुल संख्या २ लाख ७३ हजार २ सय ६३ जना पुगेका छन् ।
साथै आज १ सय १४ जना संक्रमित भाइरस मुक्त भएका छन् । यो सँगै हालसम्म कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६९ हजार ६ सय १९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार ५ सय ८३ सक्रिय संक्रमित रहेका छन् ।
त्यस्तै आज ३ संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २ हजार ६१ पुगेको छ ।




















प्रतिक्रिया