पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ । यो सँगै नेपालमा संक्रमितको कुल संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
शुक्रबार थप २५० जना कोरोना संक्रमितहरु उपचार पश्चात घर फर्किएका छन् । यो सँगै उपचार पश्चात निको भइ घर फर्किनेको संख्या १८,२१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया