एजेन्सी । रसियाले केही दिन अगाडि कोरोना भ्याक्सिन बनेको घोषणा गर्यो । तर, विश्वका अन्य देशले भने उक्त भ्याक्सिनप्रति आलोचना गरेपछि रसियाले पनि कडा शब्दमा जबाफ दिएको छ । रसियाले कोरोना खोप सम्बन्धी विश्वका प्रश्नहरुलाई निराधार बताएको छ। खोपको सुरक्षाको बारेमा लगाइएको आरोपलाई रसियाले आधारहीन ठहर गरेको छ।
दुई महिना भन्दा कम समयसम्म चलेको मानव परीक्षणको आधारमा रूसले यसको खोपलाई नियमित स्वीकृति पाएको थियो। यद्यपि त्यसबेलादेखि रसियाप्रति धेरै प्रश्नहरू उठ्न थालिसकेका छन्। जर्मनी, फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिकालगायत धेरै देशहरूले रसियाको खोपमा विश्वास गरेका छैनन्।
रसियाका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले एक समाचार एजेन्सीलाई भने, ‘रसियाको खोपमा उठ्ने प्रश्नहरू बजार प्रतिस्पर्धाबाट प्रेरित भएको देखिन्छ र मानिसहरूले आफ्नो विचार व्यक्त गर्न खोजिरहेका छन् जुन पूर्ण रूपमा निराधार छन्।’
उनले भने , ‘यो खोप छिट्टै जनतालाई उपलब्ध गराइनेछ।’ मुराश्कोले भने, ‘अर्को दुई हप्तामा मेडिकल भ्याक्सिनको पहिलो प्याकेज उपलब्ध हुनेछ, जुन डाक्टरहरूको लागि मात्र हुनेछ। रसियन अधिकारीहरूले अक्टूबरमा व्यापक खोप अभियान सुरु गर्ने योजना बनाएका छन्।




















प्रतिक्रिया