Logo

अन्तर्राष्ट्रिय

चीनले गर्‍यो नयाँ खुलासा, जुलाईमै बनेको थियो भ्याक्सिन



विश्व ब्यापीरुपमा फैलिएको ९कोभिड(ज्ञढ० कोरोन भाइरसले सताई रहेको बेला पहिलेको संक्रमित देश चीनले यस बारेमा नयाँ खुलासा गरेको छ । देश चीनका एक बरिष्ठ स्वास्थ्य अधिकारीले चिनिया सरकारले केहि निश्चित छेत्रमा कार्यरत कर्मचारीहरुलाई गत जुलाईमै कोरोनको भ्याक्सिन दिइरहेको खुलाशा गरे पछि यो कुराको खुलासा भएको हो

राष्ट्रिय स्वास्थ्य आयोगका विज्ञान तथा प्रविधि केन्द्र प्रमुख चेङ चोंगेईले चीनमा केही निश्चित क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई गत जुलाईबाटै कोरोना भ्याक्सिन दिन सुरु गरिएको खुलासा गरेका हुन् ।

उनले चिनियाँ सरकारी मिडिया संस्था सीसीटीभीसँगको कुाराकानीका क्रममा सरकारले सार्स(कोभिड-२ अर्थात् कोभिड)१९ को भ्याक्सिन स्वास्थ्यकर्मी र सीमामा तैनाथ अधिकारीहरुलाई ‘आपातकालीन प्रयोग’ का रुपमा दिन अनुमति दिएको बताएका छन् ।

चेङ भ्याक्सिन विकसित गर्ने चीन सरकारको टास्क(फोर्सको नेतृत्व गरिरहेका छन् । उनले पछिल्लो सातायता चीनमा स्थानीय संक्रमणका कुनै पनि कोरोना संक्रमित नदेखिएको पनि बताएका छन् ।

यो चीनमा क्लिनिकल ट्रायलबाहिर भ्याक्सिन प्रयोग गरिएको पहिलो मामिला हो, जुन पुष्टि भएको छ । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कुन भ्याक्सिन दिइएको हो र कति जनालाई दिइएको हो भन्‍नेबारे भने केही खुलाइएको छैन ।

तर, चेङले पूर्णतस् कानुनको पालना गरेर भ्याक्सिन दिइएको दाबी गरेका छन् । उनले गम्भीर स्वास्थ्य संकटमा गैर(प्रमाणित भ्याक्सिन सीमित उपयोगका लागि कानुनले नै अनुमति दिएको पनि दाबी गरेका छन् ।

उनले सीसीटीभीसँग भनेका छन्, “हामीले योजनाको श्रृंखला तयार गरेका छौं । जसमा मेडिकल सहमति पत्र, साइड इफेक्ट मोनिटरिङ प्लान, बचाऊ योजना र क्षतिपूर्ति समावेश गरिएको छ । यो आपातकालीन प्रयोग पूर्णतया व्यवस्थित र निगरानीको दायरामा ल्याउन यस्तो गरिएको हो ।”

उनले चिसोयामअगावै अर्को समूहमा पनि परीक्षण गर्ने सरकारी योजना रहेको पनि बताएका छन् । विश्व स्वास्थ्य संगठन विश्वभरका एक सय ७० सम्भावित भ्याक्सिनहरुको निर्माणका लागि भइरहेको प्रयासलाई नियालिरहेको छ । बिबिसी

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलवार ००:१४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।