महिनावारीको समय अधिकांश महिलाहरु पेट दुखाइको समस्याबाट गुज्रिरहेका हुन्छन् । साधारणतया १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ महिनावारी अर्थात् (Menstruation) महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ वर्षभित्रमा रोकिन्छ ।महिनावारी हुनुभन्दा केही दिन पहिले शरीरमा भएको रागरस (Hormones) को मात्रामा परिवर्तन आउने गर्दछ । यस्तो रागरसको सहयोगले बच्चा हुर्कनका लागि पाठेघरको भित्र उपयुक्त वातावरण बनिरहेको हुन्छ । यस प्रक्रियाका कारणले पनि तल्लो पेट र ढाड दुख्ने गर्दछ ।
महिनावारीको बेला कतिपय महिला तथा किशोरीहरुलाई अत्याधिक पिडा हुन्छ ।विशेषगरी तल्लो पेटको दुखाइ सहन नसकेर कतिले औषधि समेत सेवन गरिरहेका हुन्छन्।
महिनावारीको समयमा तनाव लिँदा पनि दुखाइ हुन सक्ने विभिन्न अध्ययनहरुले देखाएका छन्। अन्य समस्याका कारण पनि महिनावारीमा दुखाइ हुने गर्छ।
महिनावारीमा देखिने असामान्य संकेतहरु
कम्मर र फिलामा दुखाइ
पेटको तल्लो भाग दुख्नु
अचेत हुनु र वान्ता गर्नु
पसिना आउनु
रिंगटा लाग्नु
पखाला लाग्नु
कब्जियत हुनु
पेट फुल्नु र टाउको दुख्नु
उपचार
-यदि सहनै नसक्ने गरी पेट दुखेमा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गर्न सकिन्छ।
-कुनै केसमा चिकित्सकले हार्मोनल बर्थ कन्ट्रोल पिल्स सेवन गर्न पनि सल्लाह दिन्छन्, ताकि गर्भधारण पनि रोक्न सकियोस् र यसले तपाईँको मासिक दुखाइमा पनि राहत मिलोस्।
दुखाइ कम गर्ने प्राकृतिक तथा घरेलु उपाय
१,दैनिक शारीरिक व्यायाम गर्ने।
२, योग वा ध्यानमार्फत् तनाव कम गर्ने।
३,धुमपान र मद्यपानबाट टाढा रहने।
४,तातो पानी राखेको रबरको थैलोमा राखेर दुखेको ठाउँमा सेक्ने।
५,मस्तिष्कलाई आराम दिने अभ्यास गर्ने।
६, मसाज गर्ने, तातोपानीले नुहाउने।
७,अदुवा, सुप सेवन गर्ने।




















प्रतिक्रिया