Logo

स्वास्थ्य

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना संक्रमण पुष्टि



बुधबार ३ हजार ६९२ पीसीआर परीक्षण गर्दा थप ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७३ हजार ७६० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १ हजार ५५५ रहेको छ । पछिल्लो २४ घण्टामा ७१ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार १३९ पुगेको छ ।

यस्तै, हालसम्म ६३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २१ लाख ५० हजार २२५ जनाको पीसीआर परीक्षण गरिएको छ ।

 

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार १७:२०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।