विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लाे २४ घण्टामा नेपालमा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागगेश्वर गौतमले यो सँगै नेपालमा संक्रमितको संख्या १८,६१३ पुगेको जानकारी दिए ।
त्यस्तै आइतबार थप ७५ जना कोरोना संक्रमित उपचार पश्चात निको भइ घर फर्किएका छन् । यो सँगै नेपालमा डिस्चार्ज हुनेको संख्या १३,१२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।




















प्रतिक्रिया