रुख रोपौ बन जोगाऔ भन्ने सन्देश सहित गोलबजार नगरपालिका १ मुक्सार स्थित मितेरी सामुदायिक बन उपभोक्ता समितिले आइतबार आफ्नो बन क्षेत्रमा वृक्षारोपण सम्पन्न गरेको छ ।
चुरे क्षेत्रमा फैलिएको सामुदायिक बनमा आश्रित अधिंकाश उपभोक्ताले बाख्रा पालन गर्दै आएको र पछिल्लो समय चरी चरणमा अप्ठ्यारो अवस्था भोग्दै आएकोले प्राकृतिक बनमा बृक्षारोपण गर्न परेको सामुदायिक बनका अध्यक्ष पुर्ण बहादुर शाही ठकुरीले बताए । सामूदाायिक बनमा अमला , जमुना , शिरीष , मलेसियन सखुवा , चाईनिज भिक्स , खमारी (गमाइर) लगायत विभिन्न डाले घाँस प्रजातिका लगभग ६,००० बिरुवाहरु सब डिभिजन बन कार्यालय गोलबजारले उपलब्ध गराएको ठकुरी सहयाेग सञ्जालका केन्द्रीय अध्यक्ष अजय ठकुरीले जानकारी दिए ।
उक्त वृक्षारोपण कार्यक्रममा १५० जना भन्दा बढि उपभोक्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सामुदायिक बनका सचिब जानुका शाही ठकुरीले सम्पूर्ण सहभागीहरुलाई धन्यवाद दिदै आगामी दिनहरुमा नगरपालिका सँग सहकार्य गर्दै आय मुलक कार्यक्रमहरु सञ्चालन गर्ने लक्ष रहेको साथै चुरे क्षेत्रमा गरिने यस्ता कार्यक्रमहरुले तल्लो क्षेत्रहरूमा पानीको स्रोत बढाउने शाहीले बताए ।





















प्रतिक्रिया