पछिल्लाे २४ घण्टामा थप १३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमले याे सँगै काेराेना संक्रमणकाे संख्या १८,८९१ पुगेकाे जनाएका छन ।
त्यस्तै साेमबार थप ६२६ जना काेराेना भाइरस संक्रमित उपचार पश्चात घर फर्किएका छन । नेपालमा याे सँगै निकाे हुनेकाे जम्मा १३७५४ संख्या पुगेकाे छ।




















प्रतिक्रिया