Logo

कालिकोटको सान्नीत्रिवेणीमा पहिरोमा परि दुई जनाको मृत्यु



अविरल वर्षासँगै आएको पहिरोमा परि कालिकोटमा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिका– का ६० वर्षीय प्रशुराम संज्याल र २८ वर्षीया तारा संज्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख डीएसपी श्यामबाबु ओलीयाले बताए ।

संज्याल खानेपानीको लाइन जोड्नका लागि खोलापारी गएको र तारा संज्याल खोला पारी रहेको गोठमा गाईवस्तुलाई घाँस-पानी दिन गएर फर्किने बेलामा पहिरो खसेर उनीहरुको ज्यान गएको हो ।

यो सँगै यससँगै बाढी र पहिरोमा परी कालिकोटमा १४ जनाले ज्यान गुमाएका छन् भने ६ जना अझै बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १४:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।