Logo

स्वास्थ्य

पाटन अस्पतालमा ६५ वर्षीया कोरोना संक्रमित वृद्धाको मृत्यु



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाा भाइरस संक्रमणका कारण ६५ वर्षीया वृद्धाको मृत्यु भएको छ । सााउन ६ गते देखी पाटन अस्पतालमा भर्नाा भएकी वीरगन्जकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार अनुसार ती महिलामा उच्च रक्तचापको समस्या रहेको थियो । वीरगन्जबाट काठमाडौं आएसँगै रुघाखोकीलगायत समस्या देखिएपछि उनी जाँच गराउन स्टार अस्पताल गएकी थिइन् ।

आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा नै सास फेर्न गाह्रो भएपछि उनलाई स्टार अस्पतालमै भेन्टिलेटरमा राख्नुपरेको थियो । आईसीयूमा राखेर उपचार भइरहेकै अवस्थामा कोरोना परीक्षण रिपोर्ट पनि पोजिटिभ आएपछि उनलाई पाटन अस्पतालको आईसीयूमा सारिएको थियो ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १५:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।