पछिल्लो २४ घन्टामा थप १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमण हुनेको संख्या २ लाख ७३ हजार ९ सय ८४ पुगेको छ ।
मन्त्रालयका अनुसार, शुक्रवार ५४ जना संक्रमित भाइरस मुक्त भएका छन् । शुक्रवार थप १ सय १२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । हालसम्म भाइरसमुक्त हुनेको संख्या २ लाख ७० हजार २ सय ७७ पुगेको छ ।
हालसम्म सक्रिय संक्रमितको संख्या ९ सय ३६ रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, शुक्रवार ४ जना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७१ पुगेको छ
प्रतिक्रिया