Logo

प्रमुख समाचार

प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण



विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस नेपालमा तिब्र रुपमा डेरा जमाउँदै गइरहेको छ । पछिल्लो समय, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संञ्चारकर्मी हुँदै यसको जालो सबै तीर फैलिरहेको छ ।

देशका प्रशासन,अदालत, मन्त्री, सांसदहरु समेत यसबाट अछुतो रहन सकेका छैनन् ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बुधबार प्रचण्ड परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो। त्यसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको अध्यक्ष प्रचण्डका स संयोजक विष्णु सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।