पर्सामा पछिल्लो समय कोरोना भाइरस संक्रमण तिब्र गतिका साथ फैलिरहेको छ । विहिबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना पीसीआर परिक्षणमा ४३ जना थुनुवा सहित थप १४२ जनामा कोरोना भाइरस संक्रमण पसष्टि भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायका अनुसार संक्रमित मध्ये वीरगन्जका मेयर विजयकुमार सरावगीको परिवारका थप तीन जना समेत रहेका छन् । त्यस्तै ३ जना बारा र ४ जना रौतहट, २८ जना वीरगन्ज महानगरपालिकाका १० जना र आदर्शनगरमा थप ३ जनामा संक्रमित रहेका छन् ।
२९ जना कन्ट्याक्ट ट्रेसिङमा पत्ता लागेका संक्रमित रहेका छन् । आर्मी ब्यारेकका थप ५ जनामा समेत कोरोना पुष्टि भएको छ ।संक्रमित मध्ये २२ जना महिला, ४३ जना थुनवा र एक प्रहरी रहेको अस्पातालले जनाएको छ ।




















प्रतिक्रिया