Logo

प्रमुख समाचार

१८ सय १ जना संक्रमित थपिदा १९ सय २४ जना मुक्त भए



काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकमा १८ सय १ जना नयाँ संक्रमित थपिएका छन् । ११ हजार ३२६ जनाको नमुना (पीसीआर ८,७०४ र एन्टीजेन २,६२२) परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार २४ जनाको मुत्यु भएको छ भने सोही अवधिमा १९ सय २४ जना संक्रमणमुक्त भएका छन् । मुलुकमा कूल ३८ हजार ३५१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १२ हजार ३४४ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुभर ७ लाख भन्दा बढी कोरोनाभाइरस संक्रमित छन् भने कूल १० हजार ५३३ जनाको मृत्यु भइसकेको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार १७:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।