नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकहरुको लागि अनलाईन सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटमार्फत कारोबार गरे आकर्षक क्यासब्याक अफर योजना ल्याएको छ । इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले क्यासब्याक रु. १५ सयसम्म पाउने छन् ।
सीमित अवधिको लागि संचालन हुने यस योजनामा सहभागी हुन नेपाल लाइफ इन्स्योरेन्सका बिमित ग्राहकले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरिफाइ गराउनु पर्नेछ । यो योजना सोमबारबाट लागू गरिएको छ ।
खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरीसकेपछि सो योजनामा सहभागी हुन सक्नेछन् ।
नेपाली बजारमा गरीने हरेक भुक्तानी प्रक्रिया डिजिटाइज गरि ग्राहकहरुको समय र पैसा बचत गर्ने हेतुले उक्त योजना सार्वजनिक गरिएको खल्ती प्रवन्धक पवल खरेलले बताए ।




















प्रतिक्रिया