Logo

स्वास्थ्य

प्रधानसेनापति थापाले लगाए कोरोनाविरुद्धको खोप



प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले कोभिड-१९ विरुद्धको खोप लगाएका छन् । सोमबार छाउनीस्थित विरेन्द्र अस्पतालमा प्रधानसेनापति थापाले खोप लगाएका हुन् ।

भारतले अनुदानमा दिएको खोप सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । त्यसपछि पनि सरकारले अरु १० लाख डोज खोप ल्याइसकेको छ ।

पहिलो चरणमा फोहरमैला व्यवस्थापनक तथा सरसफाइकर्मी‚ एम्बुलेन्स तथा शव बाहन चालक र सहचालकहरू‚ अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलगायतलाई खोप लगाइएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७७, सोमबार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।