ग्लोबल आइएमई बैंकले नजिकिंदो चाडपर्वलाई लक्षित गरी अटो एक्प्रेस ड्राईभ उत्सव योजना सार्वजनिक गरेको छ । रिटेल कर्जामा आक्रामक देखिएको बैंकले सस्तो ब्याजदरमा गाडी किन्ने योजना सार्वजनिक गरेको हो ।
यस योजना अन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा विद्युतिय सवारी कर्जा दिने भएको छ । सात वर्ष अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित)मा अन्य सवारी साधन कर्जा दिने बैकले जनाएको छ ।
बैंकका अनुसार ८.४९ प्रतिशतको स्थिर ब्याजदरमा ५ बर्ष अबधिको लागि जुनसुकै निजी सवारी कर्जा दिनेछ । बैंकका अनुसार आवेदन प्रक्रिया पूरा भएको दुई कार्य दिनमा कर्जा दिइनेछ ।





















प्रतिक्रिया