Logo

कर्पोरेट फोकस

नाडा अटोमोवाईल्स र महानगरीय ट्राफिक प्रहरी महाशाखाबीच सहकार्य



नाडा अटोमोवाईल्स एशोसियशन अफ नेपाल (नाडा) ले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने प्रस्ताव गरेको छ । यसअघि पनि नाडाले महाशाखासँग मिलेर ट्राफिक जनचेतनामूलक कार्यक्रममा सहकार्य गर्दै आएको जनाउँदै आगामी दिनमा पनि सहकार्य गर्ने प्रस्ताव गरेको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसंग भेटी ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरुको पालना तथा ‘नो हर्न’ कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल भएको हो ।

विगत देढ दशक अघिदेखि महानगरीय महाशाखालाई भौतिक रुपमा समेत सहयोग पुर्‍याउदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको नाडाले जनाएको छ ।

छलफल कार्यक्रममा नाडाका उपाध्यक्ष करणकुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, सहकोषाध्यक्ष विक्रम सिंहानिया तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधानको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७८, बिहीबार १५:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।