कोरोना महामारीका कारण सिमित अन्तराष्ट्रिय उडानहरु हुँदै आएकोमा यसैबीच आगामी मंगलबारदेखि नेपाल र श्रीलंकाबीच सिधा हवाई उडान शुरु हुने भएको छ । नेपालका लागि श्रीलंकाका राजदूत हिमाली अरुणातिलकाले ट्वीट गर्दै मंगलबारदेखि काठमाडौं–कोलम्बो सिधा हवाई उडान शुरु हुने उल्लेख गरेकी छन् ।
काठमाडौं–कोलम्बोको सिधा उडानलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि पुष्टि गरेको छ । प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले हप्ताको दुई दिन मंगलबार र शनिबार काठमाडौं–कोलम्बो सिधा उडान हुने जानकारी दिए । उनले काठमाडौं–कोलम्बो सीधा उडानका लागि चार सेप्टेम्बरसम्म समर सेड्युल एप्रुभ भएको बताए ।
काठमाडौं–कोलम्बोको भाडादर न्यूनतम ५९९ देखि अधिकतम ११५८ डलरसम्म तोकिएको छ । श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंकन एयरबाट उडान हुने जनाइएको छ ।




















प्रतिक्रिया