ग्लोबल आइएमई बैंकले कुशे औंसी तथा हरितालिका तीजका अवसरमा विशेष ‘क्यास ब्याक’ योजना ल्याएको छ ।
मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट, डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढाउन क्यास ब्याक योजना ल्याएको हो ।
उक्त योजनाअन्तर्गत ग्राहकले भाद्र २१ तथा कुशे औँशीका दिन (२२ गते) बुबाका लागि उपहार खरिदमा २० प्रतिशतसम्म क्यास ब्याक पाउने छन् । जसका लागि ‘गिफ्ट टू फादर’ लेखि क्युआर कोर्डमार्फत भुक्तानी गर्नुपर्नेछ ।
त्यस्तै भदौ २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट÷ क्रेडिट कार्डको प्रयोग गरी अनलाईन भुक्तानी गर्दा खरिदको २० प्रतिशत(५००) सम्म क्यास ब्याक पाउने बैंकले जनाएको छ ।
यस योजनालाई तीज विशेष बनाउन बैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको हो । बैंकमा नारी बचत तथा नारी सक्रिय बचत खाता रहेका महिलालाई डेबिट कार्डको प्रयोग गरी तीन हजार वा सोभन्दा बढीको भुक्तानीमा तीन सयसम्म क्यास ब्याक हुनेछ । योजना भदौ १६ देखि ३१ गतेसम्म चल्ने बैंकले जनाएको छ ।
हाल ग्लोबल आइएमई बैंकको ७६ जिल्लामा गरी २८० शाखा रहेका छन् भने २४८ एटिएम बुथ संचालनमा छन् ।





















प्रतिक्रिया