Logo

अर्थ

वोमी र सूर्योदय लघुवित्त मर्जर प्रक्रियामा, बुधबारदेखि शेयर कारोबार रोक्का



वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने (मर्जर) सम्झौता भएको छ । यी दुई कम्पनीहरुबिच भदौ १५ गते मंगलवार मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएको हो ।

मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता भएसँगै बुधवारदेखि दुबै कम्पनीको शेयर कारोबार रोक्का भएको छ । हाल वोमी लघुवित्त वित्तीय संस्थाको चुक्तापूँजी रू. ४१ करोड १९ लाख ४४ हजार रहेको छ भने सूर्योदय लघुवित्तको रू. २४ करोड ८० लाख ४२ हजार रहेको छ ।

वोमी लघुवित्तले हाल ४० जिल्लाहरुमा ८१ ओटा शाखा कार्यालयहरुमार्फत ८० हजारभन्दा बढी विपन्न परिवारमा र सूर्योदय लघुवित्तले ३७ जिल्लाहरुमा १०२ ओटा शाखा कार्यालयहरुमार्फत ७३ हजारभन्दा बढी विपन्न परिवारमा सेवा प्रदान गरिरहेको जनाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १२:४०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।