Logo

कर्पोरेट फोकस

भारतीय रिजर्भ बैंकले नेपाल पठाउने रेमिटेन्सको सिलिङ बढायो, एक पटकमा २ लाखसम्म पठाउन पाइने



भारतीय रिजर्भ बैंकले नेपालमा पठाउने रेमिटेन्सको सिलिङ बढाएको छ । भारतबाट नेपालमा पैसा पठाउँदा एक पटकमा २ लाख भारु पठाउन सकिने प्रावधान बनाइएको छ ।

यसअघि एक पटकमा ५० हजार भारु मात्रै पठाउन सकिने व्यवस्था थियो । भारतबाट नेपालमा रेमिटेन्स पठाउन सकिने व्यवस्था सन् २००८ बाट शुरु गरिएको हो । त्यतिबेला एक पटकमा ५० हजार पठाउन सकिने र एक वर्षमा १२ वटा कारोबार मात्र गर्न सकिने नियम बनाइएको थियो । नेपालमा नेपाल एसबीआई बैंक र अन्य रेमिटेन्स कम्पनीहरु मार्फत प्राप्त गर्न सकिन्छ ।

रिजर्भ बैंकको यो प्रावधानले भारतमा रहेका नेपाली कामदार र भारतका विभिन्न सेवाबाट अवकाश प्राप्त गरी नेपालमा पेन्सन बुझिरहेकाहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।

बैंकले हालै जारी गरेको सार्वजनिक सूचना अनुसार ५० हजारको सिलिङलाई बढाएर दुई लाख पुर्‍याउने र वर्षमा १२ कारोबार गर्ने व्यवस्थालाई हटाउने निर्णय गरिएको छ । तर, बैंकमा नै पुगेर नगद रकम दिने र नेपालमा पनि नगद नै बुझनेहरुको हकमा भने ५० हजारको सिलिङ कायम रहनेछ बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहीबार ११:२६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।