मौद्रिक नीतिका कारण सेयर बजार ओरालो लागेको भन्दै लगानीकर्ताहरूले सुधार गर्ने नीति ल्याउन राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई एक दिने अल्टिमेटम दिएका छन् । उनिहरुले पुँजी बजारमा सकरात्मक प्रभाव ल्याउन चाहिने आवश्यक नीति आज दिनभरमा ल्याइसक्न गर्भनर अधिकारीलाई अल्टिमेटम दिएका हुन् ।
लगानीकर्ताहरुले बजार सुधारको लागि आवश्य नीति नल्याए नेपाल राष्ट्र बैंकको कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् । उनिहरुले राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक जना लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र कुल १२ करोड रुपैयाँ मात्रै ऋण लिन पाउने व्यवस्था गरेका कारण सेयर बजार प्रभावित बनेको भन्दै कार्यालय घेराउ गर्ने चेतावनी दिएका हुन् ।
मौद्रिक नीति जारी गरिएपछि बजार प्रभावित बन्दै निरन्तर घटिरहेकोप्रति लगानिकर्ताहरुले आक्रोश व्यक्त गरिरहेका छन् । उनिहरुले बजार घट्नुको कारण गर्भनर महाप्रसाद अधिकारी भएको आरोप समेत लगाएका छन् ।
३२ सय अंक नजिक पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो साताभरमा २६ सय अंक तर्फ अगाडी बढिरहेको छ ।
पुँजीबजार सुधार संघर्ष समितिका संयोजक रामकृष्ण ढकालले आज दिनभरमा राष्ट्र बैंकले पुँजी बजारलाई सुधार गर्ने नीति नलिए राष्ट्र बैंक घेर्ने चेतावनी दिए । उनले गभर्नरको राजीनामा माग्दै केन्द्रीय बैंक घेर्न देशभरबाट लगानीकर्ता राजधानीमा बोलाउने समेत बताए ।





















प्रतिक्रिया