Logo

स्वास्थ्य

लतिपुरमा दुई कोरोना संक्रमितको मृत्यु 



ललितपुरमा थप दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै अल्का अस्पतालमा उपचाररत ७४ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको जनाएको छ । ती पुरुष गत भदौ १७ गते कलेजोमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना भएका थिए ।

यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत ८० वर्षीय कोरोना संक्रमित वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ । उनी सोही दिन दिउँसो अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : ४७ बजे