Logo

कर्पोरेट फोकस

नेपाल टेलिकमले ४ ठाउँमा फाइभजी परीक्षण गर्ने, अनुमति दिन प्राधिकरणलाई पत्र



नेपाल टेलिकमले फाइभजी परीक्षणको लागि गृहकार्य थालेको छ । टेलिकमले जारी फोरजी सेवाको कार्यक्रम सम्पन्न भएपश्चात फाइभजी चार ठाउँबाट परीक्षण गर्ने तयारी गरेको हो ।

टेलिकमले सोमबार पत्रकार सम्मेलन गरी फोरजी सेवाको समापन पछि फाइभजी सेवामा प्रवेश गर्ने बताएको छ । हाल फोरजी आयोजना सम्पन्न हुने क्रममा रहेकाले फाइभजी संचालनको लागि आवश्यक तयारीको गर्न दूरसञ्चार प्राधिकरणसँग अनुमति मागिएको नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले बताए । उनले भने– ‘अहिले फोरजी आयोजना सम्पन्न हुने क्रममा छ । फाइभजी परीक्षणका लागि नेपाल दूरसञ्चार प्राधिकरणलाई अनुरोध गरेका छौं ।’

टेलिकमले गत जेठ १६ गते प्रधिकरणलाई अनुरोध पत्र पठाएको जानकारी दिएको छ । सोही अनुरोधअनुसार प्राधिकरणले कार्यनीति तयार गरिरहेको कार्यक्रममा जानकारी दिइयो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाल टेलिकम कमजोर हुँदा जनतालाई लाग्ने सेवा शुल्क महङ्गो हुन जाने र जनतालाई घाटा पर्ने भन्दै कम्पनी बलियो बनाउने कार्यमा दिनरात खटिरहेको बताए । उनले टेलिकमको प्रगतिका लागि उच्चतम प्रविधिको प्रयोग गरी उपभोक्तालाई गुणस्तरिय संचार सेवा प्रदान गर्न आगामी दिनमा फाइभजी परिक्षणका लागि तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार १७:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।