Logo

अर्थ

सनराइज बैंकको सुनसरी र सर्लाहीमा शाखा रहित बैंकिङ्ग सेवा सुरु



सनराइज बैंकले २ नयाँ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका– १५ सोकनाह बजारमा ८८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । यसैगरी, सुनसरीको रामधुनी नगरपालिका– २ तित्रिवनमा ८९ औं शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाहरु संचालनमा आएसँगै बैंकको शाखा रहित बैंकिङ्ग संख्या ८९ पुगेको छ ।

बैंकले सेवा सञ्चालनका लागी सोकनाह बजारका जितेन्द्र कुमार साह र तित्रिवनकी स्थानीय व्यवसायी रमिता चौधरीलाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखारहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

बैंकले हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा ए।टि।एम र ८९ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलवार १२:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।