Logo

अर्थ

गरिमा विकास बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल्स रिर्सोटमा ३५ प्रतिशत छुट



गरिमा विकास बैंक र होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’बीच आकर्षक व्यवसायिक सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकले होटल प्रयोजनका लागि डिलक्स रुममा ३५ प्रतिशत र फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउनुका साथै अन्य सेवा सुविधाहरुसमेत प्राप्त गर्न सक्नेछन् ।

बैंकका डेविट कार्ड र मोबाईल बैकिङ प्रयोग गरि बिल भुक्तानी गर्ने ग्राहकले काठमाडौं, पोखरा र चितवनमा रहेको ल्याण्डमार्क होटलबाट उल्लेखित छुट सुविधाहरु लिन सक्ने बैंकद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हाल बैंकले १०६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १३:३१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।