Logo

अर्थ

एनएमबि बैंकले ल्यायो तीज अफर, एप प्रयोग गरी समान खरिद गरे १० प्रतिशत छुट



एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्यु आर कोड, पोस वा ईएनएमबी एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिशत वा तीन सयसम्म क्यास ब्याकको अफर ल्याएको हो ।

तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो संग मनाइन्छ । तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्ति बीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो ।

बैंकले देशभरीका १८१ शाखाहरु, १३७ एटिएमहरु, ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ । बैंक सन् २०१७, २०१८ र २०२० मा बैंक अफ द इयरबाट सम्मानित भइसकेको छ ।

छुट सम्बन्धि थप जानकारी लिन एनएमबि बैंकको वेवसाईट एनएमबी भिजा कार्ड डिस्काउन्ट सेक्सनमा जान सकिनेछ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १३:४८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।