दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी निर्माणमा ख्याति कमाएको टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले नेपाली बजारमा टिभिएस अपाचे आरटीआर २०० ४भी को फर्स्ट इन् क्लास राइडिङ्ग मोड्स संगै बीएस–भीआई इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ ।
भदौ २४ गते सोल्टी होटल काठमाडौंमा उक्त मोडेलका मोटरसाइकल सार्वजनिक हुने कम्पनीले जनाएको छ । साथै टिभिएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य बिभिन्न डिजिटल माध्यमबाट यसको सार्वजनिक गरिने भएको छ ।
टिभिएस् अपाचे आरटीआर २०० ४भी विथ फर्स्ट इन् क्लास राइडिङ्ग मोड्सको बारे कुरा गर्नु पर्दा यसमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ ।
यसैगरि यस मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फर्स्ट इन् सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने यसको पुरै ग्राफिक्स रेसिंगलाई नै आधार मानेर डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
आफ्नो ३९ बर्षको गौरवान्वित रेसिङ विरासतलाई कायम राख्दै टिभिएस्ले विश्वका ६० भन्दा ज्यादा मुलुकहरुमा झन्डै ३ करोड ३५ लाख ग्राहकलाई प्रविधि, शक्ति, सहजता र स्टायलको मामलामा आफ्ना यस अघिका बिभिन्न मोडल मार्फत सन्तुष्ट बनाउँदै आइरहेको छ । त्यसैलाई निरन्तरता दिदै अनी अन्य मुलुकको सफलतालाई अंगाल्दै, नेपालमै पहिलो पटक, नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले युवा वर्गको चाहनाको मध्यनजर गर्दै फर्स्ट इन् क्लास राइडिङ्ग मोड्स सहितको मोडल नेपालमा लिएर आउन लागेको हो ।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक विक्रेता हो । गुणस्तरीय उत्पादनहरु, बिक्रीपश्चात्को व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धतामार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दा ज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पनीले दावी गरेको छ ।





















प्रतिक्रिया