Logo

अर्थ

बैंक अफ काठमाण्डूले दियो भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री



बैंक अफ काठमाण्डूले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्तर्गत भक्तपुर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बैंकले १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको हो ।

स्वास्थ्य सामग्रीहरु बैंकका हेड बिजनेश थमन बहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेट डा. सुमित्रा गौतमलाई एक कार्यक्रमको बिच हस्तान्तरण गरे ।

उक्त व्यक्तिगत सुरक्षात्मक उपकरणहरुले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनकाबिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहेका भक्तपुर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मिहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार १८:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।