Logo

कर्पोरेट फोकस

महलेखाको निर्देशनः ३ दिनसम्म तलब, भत्ता, पेन्सन बाहेक कुनैपनि शिर्षकमा बजेट निकासी नगर्नु



महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेक कुनैपनि शिर्षकमा बजेट निकासी नगर्न सूचना जारी गरेको छ । अर्थ मन्त्रालयले चालु बजेटको कुनैपनि शिर्षकमा बजेट निकासा नदिन भनेपछि महालेखाले सुचना जारी गरेको हो ।

महालेखाले निकासा दिने कोष तथा लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक र प्रदेश लेखा इकाई कार्यालयलाई ३ दिन भुक्तानी रोक्न भनेको हो ।

शुक्रबार प्रतिस्थापन विधेयक दर्ता भएपछि आइतबारबाट भुक्तानी सुरु हुने महालेखाले जनाएको छ । सरकारले बजेट अध्याधेशलाई संशोधन गर्ने भएपछि सोही अनुसार बजेट निकासा रोकेको हो ।

सरकारले २५ गते संघिय संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने तयारीमा छ । सो विधेयक दर्ता भएपछि सोहि अनुसार कार्यान्वयनमा जाने कार्यालयको भनाई छ । हालसम्म भैसकेको भुक्तानीलाई स्वीकृति दिने कार्यालयको भनाई छ ।

यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने महालेखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहीबार १५:०६   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।