मुस्ताङ हेलिकोप्टरले शुक्रबार (आज)देखि उडान अनुमति पाएको छ । बिहीबार नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमतिपत्र पाएसँगै शुक्रबारदेखि उडान गर्न पाएको हो ।
अहिलेलाई एउटा एयरबसमार्फत उडान सेवा गर्न लागेको कम्पनीले डिसेम्बर भित्रै थप एउटा एयरबसको हेलिकोप्टर ल्याउने कम्पनीका अध्यक्ष रोशन लामिछानेले बताए । उनले भने– ‘प्राधिकरणबाट उडान अनुमति पाएका छौँ। अहिले एउटा हेलिकोप्टरमार्फत सेवा सुरु गर्ने छौ। दोस्रो हेलिकोप्टर खरिद गरिसकेका छौं। स्पेनबाट डिसेम्बरभित्रै त्यो हेलिकोप्टर आउँछ ।’
कम्पनीले चार्टर, कोभिड संक्रमित बिरामी उद्धार, कार्गो, कार्गो सिलिङ, रेस्क्यु, एरियल फोटोग्राफी लगायत प्रयोजनका लागि उडान अनुमति पाएको लामिछानेले बताए । कम्पनीले उडान संचालन अनुमति पाए लगत्तै बुकिङ लिन सुरु गरेको छ ।
सिनामंगल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यालय स्थापना गरिसकेको कम्पनीमा क्याप्टेन, इन्जिनियर सहित ३८ जना जनशक्ति रहेको कम्पनीले जनाएको छ ।





















प्रतिक्रिया