अर्थमन्त्री जनार्दन शर्माले संसदमा शेयर बजार शेयरको मूल्य बढाउन गभर्नरलाई फोन गरेको विषयमा कुनै सत्यता नभएको प्रष्टिकरण दिएका छन् । शुक्रवार संसदमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले पुँजी बजारलाई माथि उठाउन आफूले गभर्नरलाई फोन गरेर कुनै भूमिका नखेलेको प्रष्टिकरण दिएका हुन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सभामुख मार्फत अर्थमन्त्रीलाई प्रश्न गर्दै गभर्नरलाई फोन गरेर शेयर बजार उचाल्न लगाएको विषयमा जवाफ मागेका थिए ।
सुवालको प्रश्न थियो– ‘अर्थमन्त्री ज्यू के तपाइको फोनले शेयरको मूल्य बढ्छ ? कसको स्वार्थका लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गर्नु भएको हो ?’
सुवालको प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले भने– ‘गभर्नरलाई फोन गरेर शेयर बजार बढाउन मैले भूमिका खेलेको भन्ने कुरा समाचारमा आए पनि त्यो सत्य नभएको स्पष्ट पार्न चाहन्छु ।’
मन्त्री शर्माले नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का पदाधिकारीहरूले गरेको घोटालाका सन्दर्भमा पनि जवाफ दिएका छन् । उनले भने, ‘आन्तरिक घोटालाका सम्बन्धमा छानबिन गर्न मन्त्रीपरिषद्ले उच्च अदालतका न्यायधिसको नेतृत्वमा छानबिन समिति गठन गरिसकिएको छ ।’




















प्रतिक्रिया