Logo

अर्थ

साताको सेयर बजार समिक्षा : कारोबार घट्यो



आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा परिसूचकसँगै कारोबार रकम घटेको छ । ५ दिन कारोबार भएको नेप्से परिसूचक साताभर ५१ अंकले गिरावट आएको हो । उक्त अंकको गिरावटसँगै नेप्से परिसूचक २९ सय २६ अंकबाट घटेर २८ सय ७५ अंकमा आइपुगेको छ ।

साताभर ५ दिन कारोबार हुँदा चार कारोबार दिनमा नेप्से परिसूचकमा गिरावट आउँदा उच्च अंकको गिरावट आएको हो । सातामा सोमबार एकैदिन १६१ अंकले परिसूचक बढ्नुबाहेक अन्य कुनै दिन बढेको थिएन् । साताको पहिलो कारोबार एकै पटक १०८ अंकको गिरावट आएको थियो ।

साताको ५ कारोबार दिनमा ४२ अर्ब २५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । जुन, गत साताको कारोबार रकमभन्दा ५ अर्ब ५१ करोडले कम भएको छ । गत साताको ४ कारोबार दिनमा नेप्सेमा ४७ अर्ब ७६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

यो सातामा नेप्सेको सेन्सेटिभ इण्डेक्स ६।४८ अंकले घटेको छ । यो गिरावटसँगै सातामा सेन्सेटिभ इण्डेक्स ५३५।२९ बिन्दुमा आइपुगेको छ भने फ्लोट इण्डेक्स ३।८३ अंकले घटेको छ । साताभर नेप्से परिसूचकसँगै कारोबार रकम घटेपछि कुल बजार पुँजीकरणमा समेत कमी आएको छ । गत साता बजार पुँजीकरण ४० खर्ब ८९ अर्ब रुपैयाँ थियो । जुन, यो सातामा ४० खर्ब २४ अर्बमा झरेको (नेप्से) जानकारी दिएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७८, शनिबार १५:५५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।