मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई यथाशिघ्र परियोजना अनुमोदन गरी कार्यान्वयनमा लैजान आग्रह गरेकी छिन् । उपाध्यक्ष सुमार र अर्थमन्त्री शर्माबीच शनिबार सिंहदरबारस्थित अर्थमन्त्रालयमा भएको भेटबर्ताका क्रममा एमसीसीलाई यथाशिघ्र संसदबाट अनुमोदन गरी कार्यान्वयनमा लैजाने वातावरण बनाउन अग्रह गरेकी हुन् ।
अर्थमन्त्रीको सचिवालयले सुमारसँग भेटबार्ता भएको जनाउँदै एमसीसी अनुमोदन गर्ने विषयमा कुरा भएको जनाएको छ । सचिवालयका अनुसार जवाफमा अर्थमन्त्री शर्माले एमसीसी संसदबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषय अहिले छलफलकै क्रममा रहेको जानकारी दिएका थिए ।
यसअघि सुमारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड साथै जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा अर्का अध्यक्ष उपेन्द्र यादव लगायतसँग भेट गरी एमसीसी अनुमोदनका लागि आग्रह गरेकी थिइन् ।




















प्रतिक्रिया