नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई म्युचुअल फण्डहरुको इकाई मूल्य समायोजन गरेको छ । आज आइतबार नेप्सेले एनआईसी एसिया ब्यालेन्स्ड फण्डको ३० प्रतिशत नगद लाभांश र एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य ११ रुपैयाँ २७ पैसा समायोजन गरेको हो ।
नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी दुबै फण्डको इकाई मूल्य समायोजन गरेको हो । नेप्सेले यी दुई फण्डहरुले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै इकाई मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको छ ।
त्यस्तै, आज समायोजपश्चात एनआईसी एसिया ग्रोथ फण्डको इकाई मूल्य १२ रुपैयाँ २२ पैसा तोकिएको छ । गत बिहीबार एनआईसी एसिया ब्यालेन्स्ड फण्डको इकाई १४ रुपैयाँ २७ पैसा र एनआईसी एसिया ग्रोथ फण्डको इकाई १५ रुपैयाँ २२ पैसामा अन्तिम कारोबार भएको थियो ।
आज कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानिनेछ ।





















प्रतिक्रिया