Logo

कर्पोरेट फोकस

परिसंघमा एकैपटक ३ समिति गठनः उद्योग, बैंक तथा वित्तीय संस्था र रोजगादाता समिति



नेपाल उद्योग परिसंघले उद्योग समिति, बैंक तथा वित्तीय संस्था समिति र रोजगादाता समिति गठन गरेको छ । परिसंघका राष्ट्रिय परिषद समिति सदस्य गोकुल भण्डारीको अध्यक्षतामा उद्योग समिति गठन गरिएको हो ।

समितिको कोअर्डिनेटिङ उपाध्यक्षमा कृष्णप्रसाद अधिकारी रहेका छन् । समितिको सह-अध्यक्षमा शरदकुमार तिवडेवाला छन् भने सदस्यहरूमा अमिरप्रताप राणा, आयुषी केसी, अमितकुमार बेगानी, अमितकुमार मोर, अमुल श्रेष्ठ, गौरव गोयल, राहुलकुमार अग्रवाल, राजीवकुमार गुप्ता, रोहित लोहिया, शिलशिला आचार्य, सुरजभक्त पौडेल, ताराप्रसाद पौडेल, तेन्जिङ जोपा लामा, वरुणकुमार तोदी र विजय दुगड रहेका छन् ।

समितिले औद्योगिक वातावरण तयार गर्न सरोकारवालासँग सहकार्य गर्ने परिसंघले जनाएको छ ।

यस्तै परिसंघका राष्ट्रिय परिषद सदस्य अनलराज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ । समितिको कोअर्डिनेटिङ उपाध्यक्ष रोहित गुप्ता रहेका छन् । परिषदका सदस्यहरूमा अमित मोर, अर्पित अग्रवाल, आशिष अग्रवाल, अशोक शेरचन, वर्षा श्रेष्ठ, भेषराज दवाडी, विनोद आत्रेय, गुरु न्यौपाने, मनिष खेमका, निकोलश पाण्डे, सौरभ दुगड, दिवस न्यौपाने, अनिल शर्मा, आनन्द शर्मा वाग्ले र हिमांशु गोल्छा रहेका छन् ।

समितिले बैंकिङ क्षेत्र र लगानीकर्ताबीच सम्बन्ध विस्तार गर्ने काममा समन्वय गर्नेछ ।

त्यस्तै परिसंघका राष्ट्रिय षरिषद सदस्य अमित बेगानीको अध्यक्षतामा रोजगारदाता परिषद गठन भएको छ । परिषदको कोअर्डिनेटिङ उपाध्यक्षमा राजेशकुमार अग्रवाल रहेका छन् । परिसंघको सदस्यहरूमा अजयराज जोशी, अमित मोर, अर्पित अग्रवाल, मनिष खेमका, राहुल अग्रवाल र रतनलाल केडिया रहेका छन् । यसैगरी परिसंघका कानुनी सल्लाहकार शैलनाथ गौतम समितिको आमन्त्रित सदस्य रहेका छन् ।

परिषदले श्रम सम्बन्ध सुधारका लागि नेपाल सरकार र सरोकारवालासँग सहकार्यमा काम गर्ने परिसंघले जनाएको छ ।

केहि समय यता परिसंघले उद्योगी व्यवासायिलाई विषयगत क्षेत्रहरुमा समन्वय र सहकार्यका लागि सहजिकरण गर्न भन्दै समितिहरु गठन गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १२:२३   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।