Logo

अर्थ

ज्योति लाइफले बिमितको परिवारलाई दियो १० लाख



ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले तेह्रथुममा आफ्ना बिमितको निधनपछि परिवारलाई बिमावापतको दाबी भुक्तानी दिएको छ । सवारी दुर्घटनाका कारण ज्यान गुमाएका म्याङलुङ नगरपालिका(२ का यमबहादुर लिम्बूको छोरालाई कम्पनीले मृत्यु दाबी भुक्तानी रकम सोमबार हस्तान्तरण गरेको हो ।

कम्पनीको तेह्रथुम उपशाखाले एक औपचारिक कार्याक्रमको आयोजना गरी मृतकका छोरा सेन्छेहाङ लिम्बूलाई १० लाख रुपैयाँको चेक म्याङलुङ नगरपालिकाका प्रमुख संजयकुमार तुम्बाहाङफेले हस्तान्तरण गरेका छन् ।

ज्योति लाइफको सुरक्षित बचत जीवन बिमा योजनाअन्तर्गतको बीमालेख लिएका यमबहादुर लिम्बूको गत २ साउनमा सवारी दुर्घटनाका कारण मृत्यु भएको थियो ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १३:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।