Logo

अर्थ

राष्ट्र बैंकले दशैं अगाडी नै नयाँ नोट वितरण गर्ने, एक जनाले कति पाउँछन् ?



नेपाल राष्ट्र बैंकले दशैं अगाडीनै नयाँ नोट वितरण गर्ने भएको छ । बैंकले सँधै घटस्थापना लागेपछि मात्रै नयाँ नोट वितरण गर्ने गरेकोमा यसपाली दशैं अगाडी नै नयाँ नोट वितरण गर्न लागेको हो ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवती नेपालले आउँदो असोज ४ गतेदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण गर्ने तयारी भएको बताए ।

उनका अनुसार ‘क’ वर्गका बैंकहरुले समेत दसैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरैजसो बैंकहरुमा नयाँ नोट पुगिसकेको छ । केही विकास बैंक र फाइनान्स कम्पनीहरुसमेतले नयाँ नोट लगिसकेका छन् ।

राष्ट्र बैंकले हरेक वर्ष दसैंमा नयाँ नोट वितरण गर्दै आए पनि गत वर्ष कोरोनाका कारण नयाँ नोट वितरण गरेको थिएन । यस वर्ष कोरोना संक्रमण घटेकाले नयाँ नोट वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

यसपालि समयमै नयाँ नोट बैंकहरुमा पठाउने र क्षेत्रीय कार्यालयहरु समेतले वितरण गर्ने भएकाले विगतको जस्तो ठूलो भीडभाड नहुने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २८ भाद्र २०७८, सोमबार १५:१८   :  बजे

540
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।