साहस उर्जा लिमिटेडले आउँदो असोज ६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणमा ७० करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७० लाख कित्ता साधारण शेयर निष्काशन गर्ने जनाएको छ । कुल शेयरमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको भने बाँकी ६४ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीका अनुसार असोज १० गतेसम्म शेयर आवेदन दिन सकिनेछ । अधिकतममा १० लाख ५० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।





















प्रतिक्रिया