Logo

अर्थ

सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ



साताको तेस्रो दिन आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज पनि स्थिर रहेर ९० हजार ६ सय रुपैयाँ नै कायम भएको हो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७७ हजार ६ सय ७५ रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार एक सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार दुई सय ४५ रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि आज स्थिर रहेर प्रतितोला एक हजार दुई सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार ४२ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार ११:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।