Logo

अर्थ

सानिमा बैंकका ग्राहकलाई 0% किस्तामा सामसुङको स्मार्टफोन



सानिमा बैंकका ग्राहकले शुन्य प्रतिशत किस्तामा सामसुङको फ्ल्यागसिप स्मार्टफोन खरिद गर्न सक्ने भएका छन् । बैंक र नेपालस्थित सामसुङ मोबाइल फोनको आधिकारिक बिक्रेता आईएमएस नेपाल प्रालि र हिम इलेक्ट्रोनिक्सबीच भएको सम्झौता अनुसार सामसुङको फोन हुन्य प्रतिशत किस्तामा खरिद गर्न सक्नेछन् ।

सानिमा बैंकका ग्राहकहरुलाई सामसुङको फ्ल्यागसिप स्मार्टफोन जस्तै जेड फोल्ड थ्री र जेड फ्लिप थ्री स्मार्टफोन शून्य प्रतिशत मासिक किस्तामा खरिद गर्न पाउने बैंकले जानकारी दिएको छ ।

सम्झौताअनुसार सानिमा बैंकका ग्राहकहरुले क्रेडिट कार्ड प्रयोग गरी सामसुङ कम्पनीको स्मार्ट फोनहरु जेड फोल्ड थ्री र जेड फ्लिप थ्री शून्य प्रतिशत मासिक किस्तामा १२ महिना समयावधिका लागि प्रि-बुकिङ गर्न सक्नेछन् ।

यसका साथै प्रि-बुकिङ्गमा आकर्षक उपहार पनि प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यसका लागि भदौ २० गतेबाट प्रि-बुकिङ शुरु भएको छ भने उक्त मोबाइल फोनको औपचारिक लञ्च असोज ६ गते हुनेछ ।

प्रि-बुकिङ आइएमएस स्मार्ट तथा सामसुङ प्लाजास्थित हिम इलेक्ट्रोनिक्सको नेपालभर रहेका आधिकारिक आउटलेटबाट गर्न सकिने छ । सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरी बैंकको वेवसाइटबाट पनि आवेदन दिन सकिन्छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलवार १७:५३   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।