यातायात व्यवस्था विभागले दशैंको लागि असोजको दोस्रो हप्तादेखि अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको छ । यातायात व्यवसायीहरुसँगको छलफलमा विभागले दशैंका लागि असोजको दोस्रो हप्तादेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गर्न प्रस्ताव गरेको हो ।
दशैंमा उपत्यका छाड्ने यात्रुको चाप पर्ने भएकाले अग्रिम टिकट बिक्री गर्ने व्यवस्था गर्न व्यवसायीलाई आग्रह गरिएको विभागका महानिर्देशक नमराज घिमिरेले बताए । घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पनि छलफल भएको भन्दै दशैंमा सुरक्षित तवरले यात्रुलाई घरसम्म पुर्याउन फेरि पनि छलफल गरेर बुकिङ शुरु हुने मिति टुंग्याउँने जानकारी दिए ।
कोरेनाको महामारी शुरु हुनअघि दशैंमा करिब २० देखि २५ लाख यात्रुले उपत्यका छाड्ने गरेका थिए । गत वर्ष भने सो संख्या आधा घटेको थियो । अहिले संक्रमणको लहर कम भएकाले यो वर्ष दशैंमा घर जानेको संख्या गत वर्षभन्दा धेरै हुने अनुमान गरिएको छ । गत वर्ष सरकारले अग्रिम टिकट बुकिङ खुलाएको थिएन ।




















प्रतिक्रिया