Logo

अर्थ

सुनको मूल्य तोलामा ६ सयले बढ्यो, चाँदीको भाउ स्थिर



साताको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्यमा आज छ सय रुपैयाँले वृद्धि भएर ९१ हजार दुई सय रुपैयाँ कायम भएको हो ।

त्यस्तै, छापावाल सुन प्रति १० ग्राम ७८ हजार एक सय ९० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार तेजाबी सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्रामको मूल्य ७७ हजार सात सय ६० रुपैयाँ कायम भएको छ ।

महासंघले बुधबार चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार २ सय रुपैयाँ नै तोकेको छ । प्रति १० ग्राम चाँदीको मूल्य एक हजार २९ रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १२:१५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।