Logo

अर्थ

मेगा बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा छुटैछुट



मेगा बैंकका ग्राहकले कान्तिपुर अस्पतालमा स्वास्थ्य उपाचार गराए विषेश छुट पाउने भएका छन् । काठमाडौंको तीनकुनेमा रहेको अस्पतालले बैंकका ग्राहकलाई विशेष छुट दिने सहमति भएको छ ।

सम्झौता अनुरुप बैंकका ग्राहकहरुले डेबिट कार्ड तथा क्रेडिट कार्डको प्रयोग गरी जनरल बेड, क्याबिन र ल्याबमा १५ प्रतिशत छुट पाउनुका साथै निः शुल्क एम्बुलेन्स सुविधा समते पाउँनेछन् ।

त्यस्तै, आइसियू, एचसीयू, भेन्टिलेटर र औषधी खरिदमा १० प्रतिशत छुट र शल्यक्रियामा बिशेष छुटका साथै कोभिड पीसीआर परीक्षणमा २० प्रतिशत छुट पाउने अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार १५:५६   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।