अरुण भ्याली हाइड्रोपावरको २४औँ वार्षिक साधारण सभा यहि असोज २४ गते हुने भएको छ । आज बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजेदेखि जुम एपमार्फत वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।
साथै साधारण सभा प्रयोजनका लागि असोज ११ गते शेयर दर्ता किताब बन्द(बुक क्लोज) गर्ने निर्णय पनि भएको कम्पनी सचिव रञ्जु अधिकारीले जनाएकी छिन् । उनका अनुसार साधारण सभाबाट आव २०७७र७८ को नाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश पारित गरिने छ ।
बोनस शेयर वितरण पछि कायम हुने चुक्ता पूँजीको १ः०.५० को अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव समेत पारित गरिने कम्पनीले जनाएको छ ।





















प्रतिक्रिया