Logo

कर्पोरेट फोकस

विदेशमा रहेकाको लागि कामना सेवाको एनआरएन बचत खाता, ७ प्रतिशत ब्याज पाइने



कामना सेवा विकास बैंकले वैदेशिक रोजगारमा रहेका नेपाली र उनीहरुको नेपालमा रहेका परिवारको लागि एनआरएन बचत खाता संचालनमा ल्याएको छ ।

७ प्रतिशत ब्याजदर सहितको यो खातामा प्रथम वर्ष निस्शुल्क मोबाक्षल तथा इन्टरनेट बैंकिङ्गको सुविधा रहेको छ ।

विदेशमा रहेका नेपाली नागरिकाले रेमिट्यान्स तथा बैंकिङ्ग प्रणालीबाट नेपालमा आफ्नो परिवारलाई पठाएको पैसालाई यो खातामा जम्मा गर्न सक्नेछन् । साथै यस खाता मार्फत खोलिने मुद्धती निक्षेपमा ०।५ प्रतिशत थप ब्याज पाउनेछन् । यो खाता अनलाइनबाट पनि खोल्न सकिनेछ ।

सोसल मिडिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७६ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार २०:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।